दफा
प्रशिक्षण परिषद्को गठन
(१) प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा देहाय बमोजिमका सदस्यहरु भएको प्रशिक्षण परिषद्को गठन हुनेछ ।
“(क)      संघीय मामिला तथा सामान्य प्रशासन        मन्त्री -अध्यक्ष
(ख) माननीय उपाध्यक्ष, राष्ट्रिय योजना आयोग – सदस्य
(ग) अध्यक्ष, लोकसेवा आयोग – सदस्य
(घ) उप–कुलपति, त्रिभुवन विश्वविद्यालय – सदस्य
(ङ)      मुख्य सचिव¸  नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय    -सदस्य (च)      सचिव¸ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय -सदस्य”
(छ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ज) प्रतिष्ठानको कार्यकारी निर्देशक – सदस्य–सचिव
(२) परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्नेछ ।
(३) परिषद्को बैठकको कार्यविधि तोकिए बमोजिम हुनेछ ।